निर्वाचनमा हुने खर्चलाई फजुल खर्चका रुपमा चित्रण नगर्न अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आग्रह गरेका छन् ।
नेपाल चेम्बर अफ कमर्सले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री पौडेलले छिटो निर्वाचन गरेर सरकारले फजुल खर्च बढाउन खोजेका रुपमा मध्यावधि निर्वाचनलाई चित्रण नगर्न आग्रह गरेका हुन् ।
निर्वाचनका लागि खर्च हुँदा स्वाभाविक रुपमा आर्थिक क्रियाकलाप बढ्ने भएकाले अर्थतन्त्र सकारात्मक बन्ने बताए । निर्वाचन प्रयोजनका लागि खटाइने कर्मचारीलाई हुने भुक्तानी र अन्य खर्चले बजारलाई चलायमान बनाई सहयोग गर्ने अर्थमन्त्री पौडेलको भनाइ छ ।
संविधानको प्रभावकारी कार्यान्वयनमार्फत राजनीतिक स्थायित्व कायम गर्दै समृद्धि विकासतर्फ मुलुकलाई लैजाने बाटोमा सरकार रहेको पनि अर्थमन्त्री पौडेलको भनाइ छ ।
निर्वाचनले राजनीतिक स्थायित्व र स्थिरतालाई खण्डित ग¥यो भन्ने बुझाइ गलत भएको पनि उनले बताए । पाँच वर्षमा हुनुपर्ने निर्वाचन छिटो वा ढिलो हुँदा राजनीतिक स्थायित्वलाई प्रतिकुल प्रभाव प¥यो भन्ने अर्थमा बुझ्न नहुने उनको भनाइ थियो ।
राष्ट्रको प्रगति र समृद्धिप्रति समर्पित अनुशासित प्रतिनिधि सभाको निर्माण गर्नका लागि मध्यावधि चुनाव आह्वान गरिएको पनि अर्थमन्त्री पौडेलले स्पष्ट पारेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।