बन्द हुने भयो ‘द कपिल शर्मा सो’

भारतीय चर्चित कमेडी सी ‘द कपिल शर्मा सो’ बन्द हुने भएको छ । सो को निर्माण टिमले यसको प्रसारण बन्द हुन लागेको बताएको हो ।

‘सो’ बन्द हुने खबर सार्वजनिक भएसँगै दर्शक दु:खी भएका छन् । तर, यो ‘सो’ सधैंका लागि बन्द हुन भने लागेको होइन । केही महिनापछि ‘सो’ पुनः प्रसारण हुने निर्माण टिमले जनाएको छ ।

लोकप्रिय ‘सो’ तत्कालका लागि बन्द गर्नुको कारण फर्म्याट चेन्ज गर्नु रहेको छ । पुनः प्रसारणमा आउँदा ‘द कपिल शर्मा सो’ फरक ढाँचामा आउने बताइएको छ ।

तर, सो बन्द गर्नुको कारण कार्यक्रमको प्रमोसन गर्ने कलाकार नभएको भनेर नवभारत टाइम्सले लेखेको छ । सन् २०१८ बाट प्रसारण सुरु भएको ‘द कपिल शर्मा सो’ निक्कै लोकप्रिय कार्यक्रम हो ।





  • प्रकाशित मिति : माघ १३, २०७७ मंगलबार १३:५३:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया