पिँठ्युमा छोरो बोकेर ठेला चलाउँदै हिँडेर भाइरल अर्जुन विक बलात्कार आरोपमा पक्राउ

नाबालक छोरालाई छाडेर श्रीमती भागेको भन्दै छोरालाई पिँठ्युमा बोकेर ठेला चलाउँदै हिँडेपछि सामाजिक सञ्जालमा भाइरल भएका अर्जुन विक बलात्कार आरोपमा पक्राउ परेका छन् । 

कैलालीको घोडाघोडी नगरपालिका–२ साँडेपानीका २४ वर्षीय छित्ता भन्ने अर्जुन विक (कामी) अपहरण शरीर बन्धक तथा जबरजस्ती करणी मुद्दामा काठमाडौंको तीनकुनेबाट पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले उनलाई गत माघ ८ गते काठमाडौंबाट पक्राउ गरिएको जानकारी दिएको छ । 

विकले भजनी नगरपालिका वडा नं ४ बाट १३ वर्षकी किशोरीलाई अपहरण गरी काठमाडौं महानगरपालिका–१० देवीनगरस्थित डेरामा ल्याएको र गत साउन १५ गतेसम्म डेरामै राखेर उनी फरार भएको प्रहरीको भनाइ छ । 

बन्द कोठामा डर, धाकधम्की दिई जबरजस्ती करणीसमेत गरेको भन्दै पीडित किशोरीले गत साउन ३० गते प्रहरीमा उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । 

‘उनलाई पक्राउ गरी जिप्रका ल्याई कैलाली जिल्ला अदालतबाट सोही मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ । 





  • प्रकाशित मिति : माघ १३, २०७७ मंगलबार २०:३२:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया