वामदेव गौतमको पार्टी एकता अभियान दुई चरणमा
कार्यगत एकता गरेर चुनाव लड्ने, संयुक्त सरकारमा जाने

नेकपा उपाध्यक्ष वामदेव गौतमले दुई चरणमा पार्टी एकता अभियान चलाउने भएका छन्। आफ्नो अभियानबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनका क्रममा वितरित दस्तावेज अनुसार गौतमले दुई चरणमा पार्टी एकता अभियान चलाउने तयारी गरेका छन्। 

'पार्टी पुनर्एकीकरणको हाम्रो योजना अहिलेका लाई दुई चरणको हुने छ। पहिलो चरण हो, सर्वोच्च अदालतको निर्णय नआउँदासम्मको र दोस्रो चरण हो, सर्वोच्च अदालतको निर्णय आएपछि। यी दुवै चरणमा एकीकरणका विभिन्न विकल्पहरुमा छलफल गरिनेछ', गौतमले एकता राष्ट्रिय अभियानको अवधारणापत्रमा भनेका छन्, 'प्रतिनिधिसभा पुनर्स्थापना भएमा वा निर्वाचन भएमा दुवै अवस्थामा भिन्न भिन्न केन्द्र अन्तर्गत पार्टी सञ्चाल र कार्यगत एकताको आधारमा निर्वाचनमा सामेल हुने, सरकार सञ्चालनको अवसर प्राप्त भएमा संयुक्त सरकारको प्रक्रिया अबलम्बन गरिनेछ।'

गौतमले प्रतिनिधिसभा पुन:स्थापनापछि पनि पार्टी एकीकरण हुन नसकेमा पार्टी एकता अभियान निर्वाचन र त्यसपछि पनि जारी रहने बताएका छन्।

'फरक फरक नाममा विधिवत् आ-आफ्ना पार्टी सञ्चालन गरिएको अवस्थामा पनि मित्रतापूर्ण सम्बन्ध कायम राख्दै पार्टी एकीकरणका निमित्त अथक प्रयत्न गरिने छ', गौतमले भनेका छन्, 'तब पनि पार्टी एकीकरण हुन सकेन भने एकता राष्ट्रिय अभियान केन्द्रीय समितिको बैठकबाट कसरी अगाडि बढ्ने भन्ने सम्बन्धमा आवश्यक निर्णय गरिने छ। 

 





  • प्रकाशित मिति : माघ १४, २०७७ बुधबार १२:७:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया