प्रदेश २ का कानुन मन्त्रीले लगाए कोरोना खोप

प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले कोरोनाविरुद्धको खोप लगाएर कार्यक्रमको शुभारम्भ गरेका छन् । 

जनकपुरको प्रादेशिक अस्पतालमा एक कार्यक्रम गरी मन्त्री यादवले खोप लगाएको प्रदेश सरकारले जनाएको छ । मन्त्री यादवले खोप लगाए अभियानको सुरुआत गर्दै भने, ‘अब पालो तपाईंहरूको । तपाईंहरू पनि निर्धक्क भएर खोप लगाउनुहोस् ।’ 

यसबाट कुनै पनि किसिमको ‘साइड इफेक्ट’ नरहेको सन्देश दिनका लागि प्रदेश सरकारको नेतृत्व गर्दै आफूले खोप लगाएको उनको भनाइ छ ।

प्रदेश २ का सरकारका अनुसार आजदेखि प्रदेश २ को वीरगन्ज र राजविराजबाट खोप लगाउने सुरुआत गरिएको छ ।





  • प्रकाशित मिति : माघ १४, २०७७ बुधबार १५:१९:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया