धुर्मुस–सुन्तली फाउण्डेसनलाई भरतपुर महानगरको आठ करोड रुपैयाँ सहयोग
फरकधार / १४ माघ, २०७७

भरतपुर महानगरले बुधबार धुर्मुस सुन्तली फाउण्डेसनलाई आठ करोड रुपैयाँ सहयोग गरेको छ । यसअघि फाउण्डेसनलाई चार करोड सहयोग गरेको महानगरले बुधबार थप चार करोड रुपैयाँ सहयोग गरेको हो । 



धुर्मुस सुन्तली फाउण्डेसनले भरतपुर महानगरपालिका २० मा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गरिरहेको छ । निर्माणाधीन रंगशालाको काम अगाडि बढाउन महानगरले सहयोग उपलब्ध गराएको हो ।

महानगरकी मेयर रेनु दाहालले फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसलाई चार करोड रुपैयाँको चेक हस्तान्तरण गरेकी हुन् । महानगर प्रमुख दाहालले महानगरको आन्तरिक स्रोतबाट रंगशाला निर्माण कार्यका धुर्मुस सुन्तली फाउण्डेसनलाई कुल आठ करोड उपलब्ध गराएको बताइन् । 



महानगरबाट प्राप्त चेक ग्रहण गर्दै कट्टेलले स्थानीय सरकार र जनताको सहयोगमा रंगशाला निर्माण टुंगोमा पुग्ने विश्वास व्यक्त गरे । रंगशाला निर्माणको कामलाई अघि बढाउन महानगरको सहयोगले थप सहज बनाएको उनको प्रतिक्रिया थियो । 



भरतपुर महानगर प्रमुख रेनु दाहालले उपप्रमुख पार्वती शाह, प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीलगायतको उपस्थितिमा चेक हस्तान्तरण गरेकी थिइन् । 

  • प्रकाशित मिति : माघ १४, २०७७ बुधबार १७:२४:३९,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
रञ्जित तामाङ
 |  १९ साउन, २०७९
मल्टिमिडिया