प्रतिनिधिसभा विघटन बहसका लागि एकजनालाई १५ मिनेट मात्रै समय

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथिको सुनुवाइमा बहस गर्ने कानुन व्यवसायीका लागि पुनः समय घटाइएको छ । 

यसअघि बढीमा ३० मिनेट समय तोकिएकोमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बुधबार त्यसलाई पनि घटाएर १५ मिनेटमा झारेका हुन् । 

प्रधानन्यायाधीश जबरा नेतृत्वको संवैधानिक इजलासमा केही वरिष्ठ अधिवक्ताले घण्टौँ बहस गरेपछि दोस्रोपटक समय तोकिएको हो । 

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि बुधबार दशौँ दिनको सुनुवाइ सकिएको छ । 





  • प्रकाशित मिति : माघ १४, २०७७ बुधबार १७:३९:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया