अमृत सिंहको हत्यारालाई कानुनी कठघरामा ल्याइछाड्छौँ : गगन थापा

नेपाली कांग्रेसका युवा नेता गगन थापाले तरुण दलका कार्यकर्ता अमृत सिंहको हत्यारालाई कानुनी कठघरामा ल्याउन हदैसम्म लागिपर्ने बताएका छन् । 

बुधबार सामाजिक सञ्जालमार्फत उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।  वडा अध्यक्षको सरकारी मोटरसाइकल चढी आएका मानिसबाट अमृत सिंहको हत्या हुनु दण्डहीनताको पराकाष्ठा भएको थापाको भनाइ छ ।

बझाङमा कांग्रेस निकट युवा संगठन तरुण दलका कार्यकर्ता अमृत सिंहको मंगलबार राति खुँडा प्रहार गरी हत्या गरिएको थियो । 
 
उनले लेखेका छन्, ‘सरकारद्वारा संरक्षित हत्यारालाई कानुनी कठघरामा ल्याउन हामी हदैसम्म लाग्नेछौँ । मृतक अमृत सिंहप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछु।’

 

वडा अध्यक्षको सरकारी मोटरसाइकल चढी आएका मानिसबाट अमृत सिंहको हत्या हुनु दण्डहीनताको पराकाष्ठा हो। सरकारद्वारा संरक्षित...

Posted by Gagan Thapa on Wednesday, January 27, 2021




  • प्रकाशित मिति : माघ १४, २०७७ बुधबार १८:५४:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया