कर्णालीमा पहिलो दिन ७५४ जनाले लगाए कोरोनाविरुद्धको खोप

कर्णाली प्रदेशमा पहिलो दिन बुधबार ७ सय ५४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । प्रदेशका विभिन्न १२ वटा अस्पतालबाट खोप लगाइएको हो । 

जसमध्ये प्रदेश अस्पताल सुर्खेतबाट २ सय २५ जना, मेहलकुना अस्पतालबाट ८७ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) जुम्लाबाट १ सय २३ जना, चौरजहारी सामुदायिक अस्पताल रुकुमपश्चिमबाट ३१ जना, रुकुम पश्चिम जिल्ला अस्पतालबाट ३० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । 

त्यस्तै मुगु अस्पतालबाट ४० जना, कालीकोट अस्पतालबाट ७९ जना, हुम्ला अस्पतालबाट २९, डोल्पा अस्पतालबाट २०, जाजरकोट अस्पतालबाट ४० जना, सल्यान अस्पतालबाट ३० जना र दैलेख अस्पतालबाट २० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । 
बुधबारबाट सुरु गरिएको खोप अझै ७ देखि १० दिनसम्म लगाइने कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. रविन खड्काले जानकारी दिए । 

भारत सरकारबाट अनुदानमा प्राप्त भएको कोरोनाविरुद्धको खोप नेपाल सरकारले कर्णालीका १० जिल्लाका लागि पहिलो चरणमा एघार हजार पाँच सय ८० डोज पठाएको हो । 

पहिलो चरणमा कोरोना नियन्त्रण तथा उपचारका लागि फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सरसफाइकर्मी, संक्रमितको शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, एम्बुलेन्स चालक र महिला स्वास्थ्य स्वयंसेविकालाई लगाइनेछ । 





  • प्रकाशित मिति : माघ १४, २०७७ बुधबार १८:५९:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया