टिकटकले गर्यो कर्मचारी कटौती

चिनियाँ शर्ट भिडियो सेयरिङ एप टिकटकले भारतमा कर्मचारीको संख्या घटाएको छ । 

भारतीय सरकारले एपमाथि प्रतिबन्ध लगाएको लामो समयपछि टिकटकले बुधवार भारतीय व्यवसायमा कर्मचारी कटौती गरेको हो । 

भारत टिकटकको लागि महत्वपूर्ण बजारमध्ये एक थियो । तर, गत जुनमा त्यहाँको सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय हित विरुद्धको गतिविधिमा संलग्न रहेको भन्दै टिकटकसमेत ५९ चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको थियो । 

त्यसयता एपमाथि प्रतिबन्ध यथावत् छ । एप सञ्चालनमा नरहेको अवस्थामा सबै कर्मचारीलाई काममा राख्न नसकिएको टिकटकले जनाएको छ । 

भारतमा महत्त्वपूर्ण भूमिकामा रहेका केही पदमा मात्रै कर्मचारी राखिएको कम्पनीको भनाइ छ ।
 





  • प्रकाशित मिति : माघ १५, २०७७ बिहीबार १४:१२:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया