फरार अभियुक्त खोज्दै मकवानपुरका एसपी राठौर, १० दिनमा ८ पक्राउ

मकवानपुर सरुवा भएर आएका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले अपराधका पुराना फाइल पल्टाउन थालेका छन् । राठौरले फरार प्रतिवादीहरुलाई पक्राउ गर्ने मिसनसहित काम गर्न थालेपछि १० दिनभित्रमा मकवानपुर प्रहरीको फरार सूचीमा रहेका ८ जनालाई पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरमा चालू आर्थिक वर्ष ०७७–७८मा २ हजार २ सय ३३ जना प्रतिवादी फरार छन् । जसमध्ये हाल सम्म ८८ जनालाई  नियन्त्रणमा लिइसकेको प्रहरी उपरीक्षक राठौरले जानकारी दिए । राठौर ०७७ पुस २९ गते मकवानपुर सरुवा भएका थिए ।  राठौरको आगमनपछि ८ जना फरार रहेका प्रतिवादी नियन्त्रणमा लिइसकेको छ । 

‘हामीले फरार सूचीमा रहेका अभियुक्तमध्ये ८ जनालाई माघ महिनामा मात्रै पक्राउ गरिसकेका छौँ,’ एसपी राठौरले भने, ‘संघीय सरकारले बनाएको नियमअनुसार नै हामीले अपराध अनुसन्धानमा जोड दिएका हौं ।’  

मकवानपुर प्रहरीले माघ ६ गते एकै दिन विभिन्न मुद्दामा जिल्ला अदालत मकवानपुरबाट सजाय तोकेर फरार रहेका ३ प्रतिवादी  पक्राउ गरेको थियो । पक्राउ परेका अभियुक्तहरुलाई  कैद भुक्तानका लागि भीमफेदी कारागार कार्यालय  पठाइएको छ ।

नौ वर्षअघि लागुऔषध हिरोइनको मुद्दामा १० महिना १७ दिन कैद फैसला गरेर फरार रहेका हेटौंडा १ बस्ने वर्ष २९ का सुदीप भन्ने सुजित लामालाई माघ ४ गते चौकीटोलबाट पक्राउ गरेर कैद तथा जरिवाना भुक्तानका लागि जिल्ला अदालत मकवानपुरमा पठाइएको प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : माघ १५, २०७७ बिहीबार १६:५६:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया