धनगढीमा लाग्यो हिन्दू राज्यको नारा

धनगढीमा बिहीबार राजसंस्थासहितको हिन्दू राज्यको नारा लगाउँदै प्रदर्शन गरिएको छ । हातमा नेपालको राष्ट्रिय झण्डा बोकी धनगढीको बुद्धचोकबाट सुरु भएको प्रदर्शन ट्राफिक चौराहमा पुगेर सभा परिणत भएको हो ।

सुन्दर सुदूरपश्चिममवासी जनताको आयोजनामा भनिएको प्रदर्शनमा धर्म साझा, देश साझा र राजा साझा भन्ने आह्वानका साथ प्रदर्शन गरिएको हो ।

‘राजा आऊ देश बचाऊ’, ‘हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ’, ‘हिन्दू राज्य कायम गरौँ’जस्ता नारा लगाउँदै र्‍याली बजार परिक्रमा गरिएको थियो । 

‘सुन्दर सुदूरपश्चिमबासी जनता’को आयोजनामा भएको र्‍यालीले नेपालमा राजसंस्थासहितको हिन्दू राज्य कायम गर्न दबाब पुग्ने बताउँदै आयोजक समितिका ललित जोशीले भने, ‘वर्तमान संविधान अपूरो भएको र यसले मौलिक संस्कृतिलाई अंगिकार नगरेकाले जनदबाबका लागि र्‍याली निकालेको हो ।’ 

उनले नेपालका राजनीतिक दलहरुले विभिन्न राष्ट्रको दबाबमा परी धर्म निरपेक्ष राष्ट्र घोषणा गरेको बताए । उनले नेपालमा राजसंस्थासहितको हिन्दू अधिराज्य कायम गर्नका लागि ठाउँ–ठाउँमा प्रदर्शन हुने बताए ।  

जनताहरुले हिन्दू राज्य चाहेका छन् । तर, खुल्न नसकेको उनको भनाइ छ । र्‍यालीमा विभिन्न समुदायका मौलिक संस्कृति झल्कने बाजा पनि रहेका थिए ।





  • प्रकाशित मिति : माघ १५, २०७७ बिहीबार १८:४७:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया