काठमाडौं : नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको नाम जनअधिकार खोस्ने शासकका रुपमा इतिहासमा लेखिने बताएका छन्। शहीद दिवसको अवसरमा एवम् संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमविरुद्ध रत्नपार्कको शान्ति वाटिकामा शुक्रबार आयोजित सभामा बोल्दै थापाले यस्तो भनेका हुन्।
थापाले प्रधानमन्त्री ओलीले आफूनिकट केही समूहको प्रशंसालाई सारा जनताको सोचेर भूल गरिरहेको तर्क गरे। उनले यसबारे एक पटक आँखा चिम्म गरेर सोच्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन्। उनले ओलीको कदमविरुद्ध नेपाली कांग्रेसको विरोध गर्ने मात्रै रणनीति बनाएको बताएका छन् । उनले अदालतबारेमा पनि कांग्रेस बोलेको स्पष्ट पारेका छन् ।
'सर्वोच्चको विषयमा बोल्न पाइँदैन भन्छन्, तर पुस ५ गतेको कदम असंवैधानिक हो', उनले भने, 'अदालतले यो भन्दा दायाँबायाँ कदम नचाल्ने हाम्रो विश्वास छ।'
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।