युरोपियन युनियनले दियो अस्ट्राजेनेकाको भ्याक्सिनलाई आधिकारिकता

युरोपियन युनियनले अस्ट्राजेनेकाले विकास गरेको कोरोना भ्याक्सिनलाई आधिकारिकता प्रदान गरेको छ । युनियनले १८ वर्षभन्दा माथिका व्यक्तिलाई लगाउनका लागि खोपलाई आधिकारिकता प्रदान गरेको हो । 

युरोपियन मेडिसिन एजेन्सी (इएमए)ले १८ वर्षभन्दा माथि उमेरका व्यक्तिको प्रयोगका लागि शुक्रबार अस्ट्राजेनेकाको भ्याक्सिनलाई लाइसेन्स दिएको हो । जर्मनी भ्याक्सिन कमिटीको सिफारिसमा इएमएले लाइसेन्स दिएको अलजजिराले लेखेको छ । 

युनियनभित्रका देशहरुमा अब १८ देखि ६४ वर्ष उमेर समूहका व्यक्तिका लागि उक्त भ्याक्सिन प्रयोगमा ल्याउन पाउने भएको छ । ६४ वर्षमाथिका व्यक्तिमा भ्याक्सिनको प्रभावकारिताका विषयमा प्रष्ट तथ्यहरु आइनसकेको बताइएको छ । 

इएमएले लाइसेन्स प्रदान गरेको यो तेस्रो भ्याक्सिन हो । यसअघि, फाइजर र मोडेर्नाको भ्याक्सिनले पनि सबै वयस्कहरुमा प्रयोगको लागि आधिकारिकता पाइसकेका छन्। 

अब यी भ्याक्सिनहरुले युरोपको बजारका लागि अझै एक चरण पार गर्नुपर्नेछ । जसका लागि उनीहरुलाई युरोपियन युनियनको स्वीकृति पाउनुपर्ने हुन्छ । अहिले सबै भ्याक्सिन एकसाथ युनियनको स्वीकृतिको प्रक्रियामा रहेका छन् । 





  • प्रकाशित मिति : माघ १७, २०७७ शनिबार ८:४२:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया