धनगढीमा दाहाल-नेपालको शक्ति प्रदर्शन (फोटो फिचर)

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले चितवनमा शक्ति प्रदर्शन गरिरहँदा दाहाल-नेपाल नेकपा सुदूरपश्चिममा केन्द्रित भएको छ। प्रधानमन्त्री ओली पुष्पकमल दाहाल प्रचण्डको गृहजिल्लामा पुग्दा दाहाल-नेपाल कैलाली पुगेका हुन्।

धनगढीमा आयोजित विरोधसभालाई पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेकपाले शक्ति प्रदर्शन पनि ठानेको छ। सभामा नेकपा प्रचण्ड-नेपाल समूहका सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलसहित अन्य नेता पनि उपस्थित भएका छन्।

विरोधसभामा सहभागी गराउन दाहाल-नेपाल सुदूरपश्चिमका तराईका जिल्लादेखि पहाडी जिल्लाबाटसमेत बसबाट कार्यकर्ता ओसारेका थिए। उक्त विरोधसभामा दुईजना पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सम्बोधन गर्दैछन्। 

प्रचण्ड-नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा पहिलो पटक धनगढीमा बृहत विरोध सभाको आयोजना गरेको हो। 

 





  • प्रकाशित मिति : माघ १७, २०७७ शनिबार १५:२९:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया