बेलायतले आजदेखि हङकङका नागरिकका लागि भिसा योजना लागु गरेको छ । चीनको नयाँ सुरक्षा कानुनको जवाफमा प्रधानमन्त्री बोरिस जोनसनले हङकङका नागरिकका लागि नागरिकतासहितको भिसा योजना ल्याएका हुन् ।
गत वर्ष घोषणा भएर जनवरी ३१ आइतबार अर्थात आजदेखि लागु भएको योजना प्रधानमन्त्री जोनसनले शुक्रबार घोषणा गरेका थिए । लागु भएको योजनाअनुसार आवेदनकर्ताले ५ वर्षका लागि बस्न, पढ्न र काम गर्न पाउने गरी भिसा पाउनेछन् ।
त्यसपछि उनीहरुले बेलायतमै रहनका लागि नागरिकताको समेत आवेदन दिन पाउने जोनसनले घोषणा गरेका छन् । प्रधानमन्त्री जोनसनले हङकङका जनतासँग गरेको बाचा पूरा गर्नका लागि योजना लागु गरिएको बताएका छन् ।
बेलायतको उक्त योजनाको चीनले पहिलेनै विरोध गरिसकेको छ । चीनले नागरिकता वितरण योजना अन्तर्राष्ट्रिय कानुनविपरीत र आन्तरिक मामिलामा हस्तक्षेप भएको भन्दै विरोध गरेको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।