आजको मौसम : न्यून चापीय रेखाको आंशिक प्रभाव, तराईमा हुस्सु र कुहिरो

अहिले नेपालमा पश्चिमी न्यून चापीय रेखाको आंशिक प्रभाव रहेको छ । आज सोमबार बिहानैदेखि प्रदेश नं १ र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका अधिकांश स्थानहरुमा हुस्सु र कुहिरो लागेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको महाशाखाले जनाएको छ ।  

आज राती देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ ।  





  • प्रकाशित मिति : माघ १९, २०७७ साेमबार ६:४६:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया