देशभरको मौसम सामान्य : प्रदेश १, सुदूरपश्चिम र गण्डकीको उच्च भेगमा हिमपातको सम्भावना

पछिल्लो केही दिनदेखि नेपालमा पश्चिमी न्यून चापीय रेखाको आंशिक प्रभाव रहेको छ । आज देशभरको मौसम सामान्य रहेको छ । 

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ । बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १, सुदूरपश्चिम र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपातको संभावना रहेको विभागले जनाएको छ । 





  • प्रकाशित मिति : माघ २०, २०७७ मंगलबार ६:३९:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया