के हो डिजी स्कुल, नेपालमा किन आवश्यक छ ?

ब्रिटिस आइटी करिकुलममा आधारित डिजी स्कुल ग्लोबल युकेले कक्षा १ देखि १२ सम्मका विद्यार्थीका लागि आइटी तथा डिजिटल शिक्षा एवं कोडिङलगायतको अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम तयार पारेको छ । विश्वका ३२ भन्दा बढी देशका ६८ शहरमा प्रयोगमा आइसकेको यो पाठ्यक्रम नेपालमा पनि विगत एक वर्षदेखि प्रयोग भइरहेको छ । 

पछिल्लो समय नेपालमा अध्ययनरत आइटी क्षेत्रका विद्यार्थीका लागि नेपाली पाठ्यक्रमले मात्रै नपुगेको हो कि भन्ने अनुमानका साथ हामीले यो ब्रिटिस आइटी करिकुलम भित्र्याएका हौं । अहिलेको प्रतिस्पर्धात्मक दुनियाँमा अगाडि रहन यसले निकै सहयोग पु¥याउँछ । यसमा आइटीका पछिल्ला पाठ्यक्रम, भिडियो सम्पादन, कोडिङ, एनिमेशन, गेम्स डिजाइनिङको नयाँ सामग्री समावेश गरिएको छ । यसले अहिलेका स्कुल विद्यार्थीलाई निकै सहजीकरण गर्नुका साथै उनीहरूलाई अझ बढी स्मार्ट बनाउँदै प्रतिस्पर्धामा अघि बढाउँछ । 

डिजी स्कुलमा नेपाली विद्यार्थीले ३ किसिमले पढ्न सक्छन् । डिजी स्कुलले विद्यार्थीका लागि प्रत्यक्ष कक्षाको व्यवस्था गरेको छ । त्यस्तै, नेपाली विद्यार्थीको सहजतालाई ध्यानमा राखी डिजी स्कुल ग्लोबल युकेको पेजमा भएको ब्रिटिस पाठ्य सामग्रीलाई नेपालीमा अनुवाद गरी समावेश गरिएको छ । विद्यार्थीले यो सुविधा निःशुल्क प्रयोग गर्न सक्छन् । नेपालको सहरी क्षेत्रदेखि दुर्गमसम्मका विद्यालयलाई हामीले ब्रिटिस पाठ्यक्रम उपलब्ध गराएका छौं । विद्यार्थीले अनलाइन–अफलाइन, विद्यालयबाट वा सिधैं डिजीको वेबसाइटबाट सजिलै पढ्न सक्छन् । यसरी यो अन्य डिजिटल कक्षाको तुलनामा केही फरक र राम्रो छ । 

विद्यालयमा डिजी स्कुल राख्न चाहनेलाई हामी सम्पर्क गर्नेछौं । सर्वप्रथम त हामी विद्यालयका आइटी या आइसिटी पढाउने शिक्षक तथा प्रधानाध्यापकलाई डिजिटल साक्षरताबारे सिकाउँछौं । हामीले उहाँहरूको लागि निःशुल्क ट्रेनिङ, अनलाइन कक्षा, पुस्तकलगायत प्रदान गर्नेछौं । यस प्रकारको तालिमले विद्यालयमा यो पाठ्यक्रम कार्यान्वयन गर्न सहयोग पु¥याउँछ । हाल नेपालमा पढाइ हुने कम्प्युटर शिक्षामै एकीकृत गरिने भएकाले यसमा कुनै समस्या हुँदैन । 

पछिल्लो समय कोरोनाले सबै विद्यालय ठप्प भएको अवस्थामा नेपालमा थुप्रै अनलाइन एप प्रयोगमा आइसकेका छन् । यसले गर्दा हाम्रो यो डिजी एप प्रयोग गर्न कुनै समस्या छैन । कोरोनाको यो समयमा एक सय भन्दा बढी विद्यालयले यो डिजी एप कार्यान्वयनको प्रक्रिया अघि बढाउनु भएको छ । आगामी शैक्षिक सत्रदेखि अन्य विद्यालयमा पनि यो पाठ्यक्रम प्रयोगमा आउने हाम्रो विश्वास छ । 

हरेक विद्यालयमा कक्षा १ देखि नै कम्प्युटर नहुन पनि सक्छ, तर विद्यार्थीलाई यसप्रति चासो हुन्छ । हामीले त्यसैलाई ध्यानमा राखी यो डिजी स्कुलको पाठ्यक्रम प्रयोगमा ल्याएका हौं । विद्यार्थीले आफ्नो विद्यालयमा पढ्न नपाएको अवस्थामा अनलाइनमार्फत यो पाठ्यक्रम पढ्न सक्नेछन् । साथै यसले विद्यालयलाई पनि डिजिटल रुपान्तरणतर्फ अघि बढाएको छ । 



कोरोना कहरका कारण पछिल्लो समय अभिभावकमा वित्तीय समस्या उत्पन्न भइरहेको छ । यो समस्यालाई मध्यनजर गर्र्दै यो वर्षदेखि नै आगामी २ वर्षसम्मका लागि कुनै पनि पाठ्यक्रम पढाउँदा अनलाइन कोेर्ष तथा विद्यालयमार्फत पढाइने कोर्ष अत्यन्त न्युन शुल्कमा प्रदान गरेका छौं । विद्यालयमार्फत प्रत्येक विद्यार्थीसँग करसहित मासिक एक सय रुपैयाँ शुल्क हामीले लिएका छौं । 

ब्रिटिस शिक्षाविदले अनुसन्धान तथा विकासमा धेरै खर्च गर्ने हुँदा पाठ्यक्रम आफैंमा निकै महँगो हुने गरेको छ । विद्यार्थीले पाइथन, जाभा, गेम डिजाइनिङ, एनिमेशन, वेब डिजाइनिङ, मल्टीमिडियाजस्ता पाठ्यक्रम नेपालमै बसेर मासिक एक सय रुपैयाँमा अध्ययन गर्न पाउनु महँगो होइन । एक हिसाबले हेर्दा यो निःशुल्क जस्तै हो । हामीले दुई वर्षसम्म यही तरिकाले अगाडि जाने निर्णय गरेका छौं । दुई वर्षपछि भने यो शुल्क थपघट हुनेछ । 



आइटीमा आफ्नो भविष्य देखेर, पैसा देखेर १२ कक्षापछि विद्यार्थी आइटी पढ्न त आउछँन्, तर उनीहरूको जग नै कमजोर हुन्छ । आइटी कलेज सञ्चालक भएकाले हामीले महसुस गरेको विषय हो यो । ब्रिटिस पाठ्यक्रमले आइटीको क्षेत्रमा आउन चाहने विद्यार्थीर्लाइ निकै सहयोग गर्ने अपेक्षा गरेका छौं । डिजी स्कुलको पाठ्यक्रमले कक्षा १ देखि १२ सम्मको सबै पाठ्यक्रमलाई समावेश गरेको छ । 

यसबाहेक नेपालबाट वर्षेनि थुप्रै विद्यार्थी आइटी, इन्जिनियरिङ, कम्प्युटर कोडिङजस्ता विषय पढ्न विदेश जाने गरेका छन् । तर, जग नै कमजोर भएकाले विद्यार्थी असफल हुने र समस्यामा पर्ने गरेका छन् । डिजी स्कुलको पाठ्यक्रमले त्यो अवस्थाको अन्त्य गर्ने हाम्रो अपेक्षा छ । 

हाल प्रायः विद्यार्थीसँग स्मार्टफोन छ तर उनीहरूले आफ्नो फोन मात्रै फेसबुक र गमेका लागि प्रयोग गरिरहेका हुन्छन् । तर, अबका दिनमा आफ्नो फोनमार्फत कोडिङ, प्रोग्रामिङलगायत सिक्नमा प्रयोग हुन सके यसले विद्यार्थीलाई मात्र नभएर समग्र मुलुकको आइटी क्षेत्रकै उत्थान हुन्छ भन्ने हाम्रो सोचाइ हो । हामीले यस्तै कुरालाई नियालेर नेपालमा डिजी स्कुलको आवश्यकता देखेकाले यहाँ भित्र्याएका हौं । हरेक नेपाली विद्यार्थीलाई डिजी स्कुलको आवश्यकता रहेको अनुभव गर्दै अन्तर्राष्ट्रिय पाठ्यक्रम पढाउनु पर्छ भन्ने हाम्रो मान्यता छ । यो पाठ्यक्रम पढेपछि विद्यार्थीले नेपालको आइटी क्षेत्रमा मात्रै नभएर अन्तर्राष्ट्रिय स्तरमा पनि प्रतिस्पर्धा गर्न सक्नेछन् । विद्यार्थीले डिजाइन गरेको ग्राफिक्स, गेमआदि अन्तर्राष्ट्रिय स्तरमा विक्री गर्नसमेत यसले ठूलो सहयोग गर्नेछ । 

कुनै नयाँ कुरा पहिलो पटक भित्रँदा सहज भने हुँदैन, त्यसलाई विस्तार हुन केही समय लाग्छ । सर्वप्रथम त विद्यार्थी, अभिभावक, शिक्षक सबैले डिजिटल साक्षरताबारे बुझ्नु आवश्यक छ । हामीलाई सुरुमा आइटी सचेतना गर्न निकै गाह्रो भएको थियो । विद्यार्थीमा यो पढेर के गर्ने, यसले केही सहयोग गर्दैन होला भन्ने प्रश्न उब्जिएका थिए भने विद्यालय सञ्चालकले पनि डिजी स्कुल एप कस्तो हो, यसले हाम्रो विद्यालयको प्रतिष्ठामा धक्का लगाउने पो हो कि भन्ने कुरा आएका थिए । हामीले उहाँहरूलाई विस्तृतमा बुझाएपछि अहिले केही सहज भएको छ । चुनौती धेरै छन्, तर विस्तारै यसलाई सहज पार्न सकिन्छ । केही हदसम्म हामीले ती चुनौती पार पनि गरिसकेका छौं, जसका कारण आज यहाँसम्म आइपुग्न सफल बन्यौं । अहिले करिब ४ सय विद्यार्थीले हाम्रो यो डिजी स्कुलको पाठ्यक्रम प्रयोग गरिरहेका छन् । 

डिजी स्कुलको पाठ्यक्रम नेपाल तथा अन्य देशमा क्रमशः विस्तार गर्दै जाने हाम्रो योजना रहेको छ । भियतनाम, लाओस, क्यामबोडिया, श्रीलंकालगायत देशमा छिट्टै पु¥याउँदै छौं । हामीलाई यसमा सरकारको तर्फबाट पनि सहयोग होस् भन्ने अपेक्षा राखेका छौं । हामी आफैं पनि रातदिन नभनी यसमा काम गरिरहेका छौं । 
नेपाली विद्यार्थीका लागि एकैपटक सबै कोर्ष कार्यान्वयन गर्न गाह्रो हुन्छ । भइरहेको कोर्षमा यसलाई थप गर्दा समय व्यवस्थापनको समस्या आउन सक्छ । यो सबैलाई विचार गर्दै कसरी विद्यार्थीलाई सहज पर्ने भन्ने तर्फ अघि बढ्नेछौं । 

 

  • प्रकाशित मिति : माघ २१, २०७७ बुधबार १७:४६:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया