प्रधानमन्त्रीलाई ‘राजनीतिक मृत्युदण्ड’ दिनुपर्छ : रामकुमारी झाँक्री

प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध कडा अभिव्यक्ति दिँदै आएकी नेकपा दाहाल–नेपाल समूहकी युवानेतृ रामकुमारी झाँक्रीले सर्वोच्च अदालतका न्यायाधीशहरुलाई पनि चेतावनी दिएकी छिन् ।   

मंगलबार सिन्धुलीमा आयोजित कार्यक्रममा बोल्दै उनले संसद् पुनःस्थापनाको पक्षमा फैसला नगरे सर्वोच्च अदालतबाट न्यायाधीशहरूलाई जनताले थुतेर सडकमा ल्याउने चेतावनी दिइन् । नेपाल कम्युनिस्ट पार्टी नेकपा घ्याङलेख गाउँपालिका कमिटीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै नेकपाकी केन्द्रीय सदस्य झाँक्रीले यस्तो चेतावनी दिएकी हुन् ।

उनले जनताले पूर्वराजा ज्ञानेन्द्रलाई हटाएको स्मरण गर्दै प्रधानमन्त्री ओलीलाई त्योभन्दा पनि कडा सजाय दिनुपर्ने बताइन् । प्रधानमन्त्रीलाई सजायस्वरूप ‘राजनीतिक मृत्युदण्ड’ दिनुपर्ने उनको तर्क थियो । 

संसद पुनःस्थापना गरेर प्रधानमन्त्री ओली र राष्ट्रपति विद्या भण्डारी नसच्चिए उनीहरु दुवैलाई देश निकाला गर्नुपर्ने झाँक्रीको भनाइ छ । 

उक्त कार्यक्रममा नेकपाका स्थायी कमिटी सदस्य हरिबोल गजुरेल, नेकपा केन्द्रीय सदस्य कमलजंग राई, राजन दाहाललगायतले प्रधानमन्त्रीको कदम असंवैधानिक भएको भन्दै विरोध गरेका थिए । 





  • प्रकाशित मिति : माघ २०, २०७७ मंगलबार १८:३२:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया