बूढीगण्डकी आयोजनाको निर्माण कार्य अघि बढाउने ऊर्जामन्त्रीको प्रतिबद्धता

सरकारले बूढीगण्डकी जलविद्युत् आयोजनाको निर्माण कार्यलाई अघि बढाउने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले यसबारे जानकारी गराएका हुन् । 

मंगलबार मन्त्रालयमा बूढीगण्डकी राष्ट्रिय सरोकार समितिका प्रतिनिधिसँगको छलफल गर्दै उनले आफूले अघिल्लोपटक ऊर्जामन्त्री हुँदा आयोजनाको कामलाई अघि सारेको र अब छिट्टै नै शिलान्यास गरी निर्माण कार्य अघि बढाउने बताए ।

मन्त्री रायमाझीले मुलुक अब विद्युत् बिक्री गर्ने अवस्थामा पुगेको बताएका छन् । विभिन्न जलविद्युत् आयोजनाको निर्माण कार्य चलिरहेको भन्दै मन्त्री रायमाझीले आफू अघिल्लो पटक ऊर्जामन्त्री हुँदा ऊर्जा सङ्कट निवारणका लागि ९९ बुँदे कार्ययोजना बनाई लागू गरेकै कारण विद्युत् भार कटौती अन्त्य सम्भव भएको दाबी गरे । 
 
बूढीगण्डकी राष्ट्रिय सरोकार समितिका संयोजक हरेराम ढकालले स्थानीयवासीले उल्टै रकम बुझाउन पर्ने परिस्थितिको सिर्जना भएकाले ह्रासकट्टी र लाभकरविना जग्गाको मुआब्जा दिनुपर्ने बताए ।





  • प्रकाशित मिति : माघ २०, २०७७ मंगलबार २०:११:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया