शीतलनिवासमा शपथग्रहण गर्ने यी हुन् संवैधानिक आयोगका पदाधिकारी तथा सदस्यहरु (सूचीसहित)

संवैधानिक परिषद्ले नियुक्ति सिफारिस गरेको विभिन्न संवैधानिक आयोगका पदाधिकारीहरूको संसदीय सुनुवाइ हुन नसकेपछि आजदेखि स्वतः नियुक्त हुने भएका छन् । नियुक्त हुनेहरुलाई अहिले केहीबेरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शपथग्रहण गराउँदै छिन् । 

राष्ट्रपति भवन शीलतनिवासमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित विभिन्न संवैधानिक निकायमा नियुक्त भएका व्यक्तिहरुले शपथग्रहण गर्नेछन् । 

गत मंसिर ३० गते बसेको संवैधानिक परिषद्को बैठकले राईसहित विभिन्न ४५ जना व्यक्तिलाई संवैधानिक आयोगहरूमा नियुक्तिको सिफारिस गरेको थियो । सिफारिस भएको ४५ दिनसम्म संसदीय सुनुवाइ हुन नसकेकाले संविधानअनुसार उनीहरुको नियुक्ति स्वतः भएको हो । 

गत पुस ५ गते सरकारले प्रतिनिधिसभा विघटन गरेपछि उनीहरुको सुनुवाइ नभएको हो । यसअघि, सुनुवाइ हुने अवस्था नरहेकाले सभामुख अग्निप्रसाद सापकोटाले सिफारिसको सक्कल फाइल परिषद्मा फिर्ता पठाएका थिए । 

आज कहाँ कसको नियुक्ति हुँदै ?
अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख आयुक्त : प्रेमकुमार राई
आयुक्तहरु : जय बहादुर चन्द, किशोर सिलवाल

वित्त आयोग
जुद्ध गुरुङ, अमरराज मिश्र



समावेशी आयोग अध्यक्ष : मनप्रसाद खत्री
सदस्यहरू : रामचन्द्र जोशी, हरिभक्त जोशी, जितेन्द्र पासवान

मधेसी आयोग
सदस्यहरू : जिवच्छ साह, रेणुदेवी साह, विजय गुप्ता



महिला आयोग अध्यक्ष : कमलाकुमारी पराजुली, कष्णकुमारी पौडेल खतिवडा विद्याकुमारी सिन्हा

मानवअधिकार आयोग अध्यक्ष : तप बहादुर मगर
सदस्यहरू : मनोज दवाडी, डा. सूर्य ढुंगेल, लिली थापा, मिहि ठाकुर

थारू आयोग सदस्यहरू : बिकास चौधरी, बबिता चौधरी, सुबोधसिंह थारू, भोलाराम चौधरी

आदिवासी आयोग अध्यक्ष : रामबहादुर थापा
सदस्यहरू : मीन श्रीस मगर, मिनसिंह लामा, रिना राना, चरण राई

दलित आयोग अध्यक्ष : देवराज विक
सदस्यहरू : मीना सोब, परशुराम रम्तेल, कज बराइली, मेहेले पार्की

निर्वाचन आयोग आयुत्तहरू : रामप्रसाद भण्डारी, डा. जानकी तुलाधर

मुस्लिम आयोग : महमुद्दिम अली, मिर्जा अर्सद बेग

  • प्रकाशित मिति : माघ २१, २०७७ बुधबार ८:१:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया