ट्राफिक कारबाहीको रकम भुक्तानी अब अनलाइबाटै

काठमाडौं उपत्यकामा ट्राफिक कारबाहीमा परे अब जरिवाना रकम अनलाइनबाटै भुक्तानी गर्न मिल्ने भएको छ । ट्राफिक नियम उल्लंघनका जरिवानाको रकम अब अनलाइनबाटै भुक्तानी गर्न मिल्ने भएको हो । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाले भुक्तानी प्रणालीलाई सहज बनाउनका लागि अनलाइन सेवा सुरु गरेको हो । अनलाइन प्रणाली सुरु भएसँगै ट्राफिक प्रहरी र सेवाग्राही दुवैलाई सहज हुने महाशाखाको भनाइ छ । 

अब जरिवाना रकम मोबाइलबाट ईसेवा, खल्ती लगायतबाट डिजिटल भुक्तानी गर्न सकिने बनाइएका ट्राफिक प्रवक्ता एसपी श्याम कृष्ण अधिकारीले जानकारी दिए । 

यसअघि ट्राफिक कारबाहीमा परेपछि कारबाहीको चिट बोकेर बैंकमा गएर नगद जम्मा गर्नुपर्ने व्यवस्था गरेको थियो । उक्त व्यवस्था सेवाग्राहीका लागि असहज भएकाले अनलाइन भुक्तानीको व्यवस्था गरिएको महाशाखाले जनाएको छ । 





  • प्रकाशित मिति : माघ २१, २०७७ बुधबार ८:२६:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया