ओलीको समर्थनमा मोटरसाइकल र्‍याली निकाल्दै युवा संघ र अनेरास्ववियू

प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको समर्थनमा आज नेकपाको भातृ संगठन राष्ट्रिय युवा संघ र अनेरास्ववियूले मोटरसाइकल र्याली गर्ने भएका छन् । मध्यान्ह १२ बजे र्याली ​निकाल्ने भएको हो । 

उक्त र्यालीको संयोजन पूर्वमन्त्री तथा युवा संघका इन्चार्ज महेश बस्नेतले गर्दैछन् । बालकुमारीबाट सुरु हुने र्याली माघ २३ को जनसभाको तयारीका लागि गर्न लागेको बताइएको छ । 

रुटसमेत निर्धारण भइसकेको र्यालीमा बस्नेतको नेतृत्वमा १० हजार युवा सहभागी हुने बताइएको छ । माघ २३ गते नेकपाको ओली समूहले नारायणहिटी अगाडि जनसभा गर्दैछ । 





  • प्रकाशित मिति : माघ २१, २०७७ बुधबार ९:११:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया