संवैधानिक आयोगका पदाधिकारीले लिए शपथ

संवैधानिक आयोगका पदाधिकारीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । शीलतनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई शपथ दिलाएकी हुन् । 

संवैधानिक परिषद्ले नियुक्ति सिफारिस गरेको विभिन्न संवैधानिक आयोगका पदाधिकारीहरूको संसदीय सुनुवाइ हुन नसकेपछि आजदेखि स्वतः नियुक्त भएका हुन् ।

शपथ लिनेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित विभिन्न संवैधानिक निकायमा नियुक्त भएका ३८ जना व्यक्तिहरु रहेका छन् । 

गत मंसिर ३० गते बसेको संवैधानिक परिषद्को बैठकले राईसहित विभिन्न व्यक्तिलाई संवैधानिक आयोगहरूमा नियुक्तिको सिफारिस गरेको थियो । सिफारिस भएको ४५ दिनसम्म संसदीय सुनुवाइ हुन नसकेकाले संविधानअनुसार उनीहरुको नियुक्ति स्वतः भएको हो । 

गत पुस ५ गते सरकारले प्रतिनिधिसभा विघटन गरेपछि उनीहरुको सुनुवाइ नभएको हो । यसअघि, सुनुवाइ हुने अवस्था नरहेकाले सभामुख अग्निप्रसाद सापकोटाले सिफारिसको सक्कल फाइल परिषद्लाई नै फिर्ता पठाएका थिए । 





  • प्रकाशित मिति : माघ २१, २०७७ बुधबार १०:४०:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया