यसकारण शपथ ग्रहणमा अनुपस्थित भए सभामुख सापकोटा
फाइल तस्बिर

संवैधानिक आयोगहरूमा नियुक्त भएका पदाधिकारी तथा सदस्यहरुको शपथ ग्रहणमा सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित भएका छन् । शीलतनिवासमा आज बिहान भएको शपथ ग्रहणमा सापकोटा अनुपस्थित भएका हुन् । 

शपथ ग्रहणमा प्रधानमन्त्री केपी शर्मा ओली प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको पनि उपस्थिति रहँदा सभामुख सापकोटा भने अनुपस्थित भएका हुन् । 

संविधान मिचिएर भएको नियुक्तिको साक्षी बस्नका लागि सभामुख जान नसक्ने भएकाले अनुपस्थित भएका सभामुखको सचिवालयले जनाएको छ । संविधान र संसदको कार्यसञ्चालन नियमावलीअनुसार अहिलेको अवस्थामा संवैधानिक दायित्वअनुसार सभामुख नगएका स्रोतले बतायो । 

संविधानको मर्मविपरीत नियुक्ति सिफारिस भएको र संसदीय सुनुवाइ हुन नसक्ने अवस्थामा भएको नियुक्ति संविधानविपरीत भएकाले कानुन मिचिएको क्षणको साक्षी बस्न सभामुख नगएका सभामुख निकट स्रोतले बतायो । 





  • प्रकाशित मिति : माघ २१, २०७७ बुधबार ११:४:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया