प्रचण्डसँगको सल्लाहपछि उपराष्ट्रपतिले बहिष्कार गरे सपथग्रहण समारोह

सभामुख अग्नि सापकोटासँगै उपराष्ट्रपति नन्दबहादुर पुनले पनि संवैधानिक निकायका प्रमुख र सदस्यहरुको शपथग्रहण समारोह बहिष्कार गरेका छन्।

बुधबार बिहान राष्ट्रपति भवन शीलतनिवासमा गरिएको सपथग्रहण समारोहमा सापकोटासँगै उपराष्ट्रपति पुन पनि सहभागी नभएका हुन्। स्रोतका अनुसार नेकपा दाहाल-नेपालका अध्यक्ष पुष्पकमल दाहालसँगको परामर्शपछि उनी सपथग्रहण समारोह बहिष्कारको निर्णयमा पुगेका हुन्। 

सापकोटा र पुन दुवै जना पूर्व माओवादीबाट यी पदमा पुगेका हुन्। संवैधानिक पदमा पुगेपछि दलीय हैसियत नरहने भए पनि नेकपा विभाजनसँगै प्रधानमन्त्री केपी शर्मा ओलीलाई असहयोग गर्ने अभियानमा दुवैजना उत्रिएका हुन्।

उपराष्ट्रपति पुनकै मध्यस्थतामा पुष्पकमल दाहाल प्रचण्ड र डा. बाबुराम भट्टराईलाई फेरि एकै ठाउँ ल्याउने कोसिस भइरहेको छ। लैनचौरस्थित उपराष्ट्रपति निवासमा दुई नेताबीच चार पटकसम्म वार्ता भइसकेको छ। 

पुस ५ को प्रतिनिधिसभा विघटनपछि भएको नेकपा विभाजनको असर संसद र संवैधानिक निकायमा पनि देखिएको छ। संवैधानिक निकायमा नियुक्ति गर्न सुनुवाइका लागि आएको पत्रलाई केही दिनअघि सभामुख सापकोटाले फर्काइदिएका थिए।





  • प्रकाशित मिति : माघ २१, २०७७ बुधबार ११:३५:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया