रामकुमारी झाँक्रीलाई पक्राउ गर्न गृहमन्त्रीलाई नेकपा नेतृकै पत्र

सत्तारुढ नेकपाको विवाद अब व्यक्तिगत चरित्र हत्याको तहमा झर्न थालेको छ। एकअर्काबीच तल्लोस्तरमा झरेर आरोप प्रत्यारोपमा उत्रिरहेका बेला केपी ओलीनिकट अखिल नेपाल महिला संघ (ओली समूह) ले नेकपा प्रचण्ड-माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न गृहमन्त्री राम बहादुर थापा बादललाई ज्ञापन पत्र बुझाएको छ ।

उनीहरुले बुझाएको ज्ञापन पत्रमा यही माघ १६ गते गोरखाको एक कार्यक्रममा झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीको चारित्रिक हत्या गरेको आरोप लगाइएको छ। पत्रमा उनीहरुले झाँक्रीलाई पक्राउ गर्न माग गरेका छन्। 

राष्ट्रपति संस्था र त्यसमा आसिन भण्डारीको चरित्र हत्या गर्दै लाञ्छना र गाली वेइज्ज्ती गरेकाले पक्राउ गरी कारबाही गर्नुपर्ने माग गरिएको संघकी नेतृ सुजिता शाक्यले बताइन्।

ज्ञापन पत्र बुझ्दै गृहमन्त्री थापाले कानुन बाहिर गएर गरिने जुनसुकै काम कारबाहीको भागिदार हुने बताउँदै राष्ट्रपति संस्था र व्यक्तिमाथि अशोभनीय आरोप लगाउनेमाथि कारबाही हुने बताएका छन्। 
 





  • प्रकाशित मिति : माघ २१, २०७७ बुधबार १४:२९:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया