पुस मसान्तसम्म वाणिज्य बैंकले गरे ३२ खर्ब २३ अर्ब कर्जा लगानी
२ खर्बभन्दा बढी लगानी गर्नेमा एनआइसी एसिया र ग्लोबल आइएमई
फरकधार / २१ माघ, २०७७

चालु आर्थिक वर्षको पुस मसान्तसम्म २७ वाणिज्य बैंकमार्फत ३२ खर्ब २३ अर्ब ३५ करोड ४६ लाख रुपैयाँबराबर कर्जा प्रवाह भएको छ । 



हाल नेपालमा सञ्चालित २७ वाणिज्य बैंकहरूले समीक्षा अवधिसम्म सो रकम बराबरको कर्जा प्रवाह गरेका हुन् । बैंकहरूले हालै सार्वजनिक गरेको दोस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार सबै बैंकको कर्जा प्रवाह वृद्धि भएको देखिएको छ ।

समीक्षा अवधिमा कर्जा प्रवाहमा एनआईसी एसिया बैंक पहिलो स्थानमा रहँदा स्ट्यान्डर्ड चार्टर्ड बैंक अन्तिममा छ । एनआइसी एसियाले समीक्षा अवधिमा २ खर्ब ३२ अर्ब ३६ करोड ९२ हजारबराबरको कर्जा प्रवाह गरेको छ । बैकले चालु आवको पहिलो त्रैमाससम्म २ खर्ब ३ अर्ब ४ करोड ९५ लाख बराबरको कर्जा प्रवाह गरेको थियो । 



सूचीको अन्तिममा रहेको स्ट्यान्डर्ड चार्टर्ड बैंकले ५५ अर्ब ८८ करोड २९ लाखमात्र कर्जा प्रवाह गरेको देखिन्छ ।



यस्तै, लगानीका आधारमा दोस्रो स्थानमा रहेको  ग्लोबल आइएमई बैंकले चालु आवको पुस मसान्तसम्म २ खर्ब १३ अर्ब ८ करोड ४१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । चालु आवको असोज मसान्तसम्म बैंकले २ खर्ब ३ अर्ब १ करोड ५५ लाख बराबरको कर्जा प्रवाह गरेको थियो । 

समीक्षा अवधिमा १७ वाणिज्य बैंकले १ खर्बभन्दा बढी कर्जा प्रवाह गरेका छन् । एनआइसी एसिया र ग्लोबल आइएमईले भने २ अर्बभन्दा बढी कर्जा लगानी गरेका हुन् । 
सो अवधिमा १० वाणिज्य बैंकको कर्जा प्रवाह भने १ खर्बभन्दा कम रहेको छ । 

  • प्रकाशित मिति : माघ २१, २०७७ बुधबार १४:४८:३४,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
रञ्जित तामाङ
 |  १९ साउन, २०७९
मल्टिमिडिया