उपत्यकामा ५५ कोरोना संक्रमित : काठमाडौंमा ४४ जना

काठमाडौँ उपत्यकामा ५५ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार बुधबार काठमाडौँमा ४४, भक्तपुरमा ३, ललितपुरमा ८ जना कोरोना संक्रमित भेटिएका हुन् ।

यसैगरी पछिल्लो २४ घण्टामा देशभर १४२ कोरोना संक्रमित भेटिएका छन् । यससँगै संक्रमित हुनेको संख्या २ लाख ७१ हजार ४३१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा एक जना कोरोना संक्रमितले ज्यान गुमाएको प्रवक्ता गौतमले बताए । आज मृत्यु हुनेसहित नेपालमा कोरोनाबाट २ हजार ३१ जनाको मृत्यु भइसकेको छ ।





  • प्रकाशित मिति : माघ २१, २०७७ बुधबार १६:५५:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया