प्रेरक व्यक्तिहरुको संक्षिप्त जीवनी समेटिएको ‘केही प्रसिद्ध व्यक्तित्व’प्रकाशित भएको छ । जयप्रसाद लम्सालको संकलन तथा सम्पादनमा तयार भएको पुस्तक कथालयबाट प्रकाशित भएको हो।
राष्ट्रिय—अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त आठ जना व्यक्तित्वहरुका संक्षिप्त जीवनी पुस्तकमा समेटिएको छ । बालबालिकाका लागि सहज र सरल बनाउन पुस्तकमा समित श्रेष्ठको चित्राङ्गन रहेको छ।
संग्रहमा लियो टोल्सटायदेखि लक्ष्मीप्रसाद देवकोटा सम्मका रोचक र प्रेरणादायी जीवनी पढ्न पाइन्छ। विभिन्न समयमा आ—आफ्नो क्षेत्रमा मानव जातिका लागि अमूल्य योगदान दिएका अमर व्यक्तित्वका संघर्षको कथाले पाठकलाई प्रेरणा प्रदान गर्छ।
प्राथमिक पाठ्यक्रम पाठ्यपुस्तक विकास एकाइ र आधारभूत तथा प्राथमिक शिक्षा विकास परियोजना, २०५५ अन्तर्गत प्रकाशित ‘केही अमर मानिसहरु’ को दोस्रो संस्करणको रुपमा यो संग्रह प्रकाशित भएको हो।
बालबालिकाका लागि यो पुस्तक अनुयायी व्यक्तित्वका जीवन चिहाउने र आफू बाँचिरहेको समाज बुझ्ने एउटा माध्यम हुन सक्छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।