टि-१० लिग : सोमपालको सुधारिएको प्रदर्शन, लिए एकै ओभरमा २ विकेट
फाइल तस्बिर

युएईमा जारी टि-१० लिग क्रिकेटमा सोमपाल कामीले एकै ओभरमा दुई विकेट लिएका छन् । मराठा अरेवियन्सका लागि सोमपालले डेक्कन ग्लाडिएटर्सको विकेट लिएका हुन् । 

गएरातिको पहिलो खेलमा टस जितेर फिल्डिङ रोजेको मराठाको तर्फबाट छैटौँ ओभर बलिङ गरेका सोमपालले चौथो बलमा प्रशान्त गुप्तालाई ३५ रन जोडेको अवस्थामा पभेलियन फर्काए । 

सोही ओभरको छैटौँ बलमा सोमपालले फेरि यासिर कालीमलाई २८ रनमा पभेलियन फर्काएसँगै एकै ओभरमा उनले २ विकेट लिए । त्यस ओभरमा २ रन दिएका उनले आठौँ ओभरमा १० रन दिए । यसअघिको खेलमा पनि उनले एक विकेट लिइसकेका छन् । 

उक्त खेलमा सोमपालको टोली मराठा डेक्कनसँग २९ रनले पराजित भयो । १२१ रनको लक्ष्य पछ्याएको मराठाले ३ विकेटको क्षतिमा ९१ रनमात्रै बनायो । 

अर्को खेलमा देल्ली बुल्सले कलन्डर्सलाई ९ विकेटले पराजित गर्यो । जारी लिगमा कलन्डर्सको यो पहिलो पराजय हो । तेस्रो खेलमा पारस खड्का र कुशल मल्लको टिम अबुधावीले बेंग्ला टाइगर्सलाई २१ रनले पराजित गर्यो ।





  • प्रकाशित मिति : माघ २३, २०७७ शुक्रबार ७:३८:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया