सुदूरपश्चिम पश्चिमका पहाडी जिल्लामा हिमपात
बाजुरा खप्तड छेडेदह गाउँपालिका–१ रानमा परेको हिमपात । तस्बिर : दानबहादुरको फेसबुकबाट ।

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा बिहीबारदेखि हिमपात सुरु भएको छ । बाजुरा, बैतडी, बझाङ, डडेल्धुरा लगायतका जिल्लाका उच्च हिमाली तथा लेकाली भेगमा वर्षा सहित हिमपात भएको हो ।

बैतडीको श्रीभावर, ढोल्यामोड, सिगास, खोड्पे, अनारखोली, बझाङको बित्थड र डडेल्धुरामा वर्षासँगै हिमपात भएको छ । बाजुराका उच्च हिमाली भेगमा समेत हिमपात भएको छ । बाजुराको खप्तड छेडेदह गाउँपालिका, बडीमलिका नगरपालिका, बूढीनन्दा नगरपालिका, त्रिवेणी नगरपालिका, गौमुल गाउँपालिका, स्वामिकार्तिक गाउँपालिका, पाण्डव गुफा गाउँपालिका, हिमाली गाउँपालिकाको माथिल्लो क्षेत्रमा बिहीबार रातिदेखि नै हिमपात भइरहेको छ भने तलो क्षेत्रमा वर्षा भइरहेको छ ।

हिमपातका कारण चिसोले पहाडी जिल्लाको जनजीवन कष्टकर भएको छ । बाक्लो हिमपात कारण किसान खुसी भएका छन् । भने व्यापारी चिन्तित भएका छन् । मार्तडी कोल्टी सडक खण्डको पोरखे लेकमा हिमपात हुँदा यातायातका साधान अवरुद्ध भएका छन् ।





  • प्रकाशित मिति : माघ २३, २०७७ शुक्रबार १२:३३:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया