काठमाडौं : गृहमन्त्री रामबहादुर थापा बादलले अब आफूहरु गणतन्त्रसहितका अहिलेसम्मका उपलब्धि जोगाउन सक्षम रहेको बताएका छन्। नेकपा ओली समूहले नारायणहिटी दरबार सङ्ग्रहालय अगाडि गरेको जनसभालाई शुक्रबार सम्बोधन गर्दै बादलले यस्तो बताएका हुन्।
'नारायणहिटी अगाडि कार्यक्रम राख्नुको पनि अर्थ छ। हामीले यहाँबाट गणतन्त्र रक्षा गर्न सक्षम छौँ भनेर सन्देश दिन खोजेका हौँ', उनले भने, 'अहिलेको देशलाई प्रतिगमनतिर धकेल्न खोजिएको। त्यसविरुद्ध नारायणहिटी अगाडि सभा गरेका हौँ।'
बादलले गणतन्त्र रक्षाका लागि र अहिलेसम्मका उपलब्धि बचाउने सन्देश दिने गरी नारायणहिटी अगाडि कार्यक्रम गर्नुपरेको बताए। 'गणतन्त्र बचाउने पक्षमा यो जनसभा भएको हो', उनले भने, 'राजतन्त्र फर्काउन होइन।'
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।