शैक्षिक सत्र जेठसम्म पुर्‍याउन प्याब्सनको माग

निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन)ले चालू शैक्षिक सत्र वैशाख वा जेठसम्म पुर्याउन सरकारसँग माग गरेको छ ।  प्याब्सनको शनिबार विराटनगरमा सम्पन्न केन्द्रीय बैठकले यस्तो माग गरेको हो । 

कोरोना महामारीले कतिपय विद्यालयले भर्खर कक्षा सञ्चालन गर्न थालेकाले चालू शैक्षिक सत्र वैशाख वा जेठसम्म र ०७८ सालको शैक्षिक सत्र चैतसम्मको विस्तृत कार्ययोजना सरकारले ल्याउन बैठकले माग गरेको छ । 

बैठकले कोरोना महामारीले १० प्रतिशत निजी विद्यालय बन्द हुने अवस्थामा पुगेको, विद्यालयको भौतिक संरचना र शिक्षकको रोजगारी सुनिश्चितताका लागि सरकारले आर्थिक सहुलियतसहित निजी विद्यालय मर्जरको नीति ल्याउन पनि माग गरेको छ । 

मौद्रिक नीतिले निजी विद्यालयलाई कोरोना प्रभावितको मध्यम सूचीमा राखेकाले त्यसलाई सच्याएर अति प्रभावित सूचीमा राखिनुपर्ने बैठकको निर्णय छ । 





  • प्रकाशित मिति : माघ २४, २०७७ शनिबार २१:२:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया