अविश्वास प्रस्तावकाे डरले सत्तापक्षाबाटै प्रदेश सभा अवराेध

प्रदेश १ को प्रदेश सभा बैठक आइतबार २ मिनेट बसेर स्थगित भएको छ । प्रदेश सभा सचिव गोपाल प्रसाद पराजुलीले अविश्वासको प्रस्ताव पेस हुने कार्य सूची रहेको जनाए पनि नेकपा ओली समूहले नियमापत्ति जनाएपछि बैठक स्थगित भएको हो ।

आइतबारका लागि २ बजे बोलाइएको बैठक ३ बजेर ५८ मिनेटमा सुरु भए पनि २ मिनेटमै रोकिएको थियो । बैठक आगामी फागुन ९ गते बस्ने सचिवालयले जनाएको छ । प्रदेश सभाको बैठक नेकपाका दुई समूहबीच विवाद हुँदा समयमै सुरु सकेको थिएन ।

बैठक सुरू हुने बित्तिकै नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले मुख्यमन्त्रीले कारबाही गरेका १६ जना सांसद बसेसम्म बैठक नचल्ने बताए । 

यसअघि पाँच घण्टा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा नेकपा प्रचण्ड-माधव समूहले अविश्वासको प्रस्ताव पेस गर्नुपर्ने माग गरेका थिए भने ओली समूहले मुख्यमन्त्रीले कारबाही गरेका १६ सांसद बैठकमा सहभागी हुन नपाउने माग गरेका थिए । बैठकमा दुवै समूहबीच सहमति हुन सकेको थिएन । 

संसदीय इतिहासमा सत्तापक्षबाटै संसद अवरुद्ध भएको घटना बिरलै पाइन्छ । 

यसअघि माघ ७ को प्रदेश सभा बैठक प्रदेश प्रमुखले अधिवेशन आह्वानसम्बन्धी पठाएको पत्र पढेर स्थगित भएको थियो ।




 



  • प्रकाशित मिति : माघ २५, २०७७ आइतबार १६:५२:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया