हबले गर्‍यो रक्तदान कार्यक्रम

एजुकेसन कन्सल्टेन्सी हब इन्टरनेसनल एजुकेसनको आयोजनामा रक्तदान कार्यक्रम गरिएको छ । आठ वर्षयता वर्षेनी हबले रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ । 

हबको मुख्यालय बागबजारमा आइतबार गरिएको रक्तदान कार्यक्रम लायन्स क्लब अफ अरनिको र लायन्स क्लब अफ काठमाडौं अनेकाको सहयोगमा सम्पन्न भएको हो । कार्यक्रममा ७५ जनाभन्दा बढीले रक्तदान गरेको हबकी सिइओ सरिता खड्काले जानकारी दिएकी छिन् । 

‘नेपालमा समयसमयमा रगतको अभाव भइरहेको हुन्छ, अहिले कोरोनाभाइरस महामारीका कारण रगतको अभाव झन् थपिएको समाचार आइरहेका छन्,’ खड्काले भनिन्, ‘त्यही भएर समाजप्र्रति उत्तरदायी हामी हुनुपर्छ भन्ने उद्देश्यका हामीले कार्यक्रम गरेका हौँ ।’

खड्काले आफूहरुले वर्षेनीले यो कार्यक्रम गर्ने गरेको र यसमा पनि अझ बढी युवाहरुलाई प्राथमिकता दिने गरेको समेत बताएकी छिन् । ‘यसले समाजप्रति हामी पनि उत्तरदायी छौँ र समाजलाई हामीले सकेको सहयोग गर्नुपर्छ भन्ने भावना हब टिम र सबै युवाहरुलाई पुग्ने छ भन्ने विश्वास लिएका छौँ,’ खड्काले भनिन् ।

आजको कार्यक्रममा रक्तदान गर्नेहरुलाई हबले विशेष धन्यवाद प्याकेज पनि  उपलब्ध गराएको थियो । प्याकेजमा सन् २०२१ को क्यालेन्डर र एउटा कप रहेको खड्काले जानकारी दिएकी छिन् ।

१५ वर्षभन्दा बढी समयदेखि विदेश पढ्न चाहने विद्यार्थीहरुका लागि परामर्श उपलब्ध गराइरहेको हबले समयसमयमा सामाजिक उत्तरदायित्व अन्तर्गत अन्य विभिन्न कार्यक्रम गर्दै आएको छ ।





  • प्रकाशित मिति : माघ २५, २०७७ आइतबार १९:३५:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया