यी बलिउड स्टार, जो आफ्नो नाम परिवर्तन गरेपछि चम्किए

बलिउडमा केही स्टार कलाकारहरु छन्, जसलाई दुनियाँले एउटा ठूलो हिस्साले चिन्छन् । तर, उनीहरुको असली नाम र नाम परिवर्तन गर्नुका कारणको विषयमा भने धेरैलाई थाहा नहुन सक्छ । 

बलिउडका ठूला नामहरु महानायक अमिताभ बच्चन, सलमान खान, अक्षय कुमार, शिल्पा शेट्टी, टाइगर श्राफ, सनी लियोनीलगायतले आफ्नो नाम परिवर्तन गरेका छन् । 

जसमध्ये केही व्यक्तिले जन्मकुण्डलीअनुसार आफ्नो नाम परिवर्तन गरेका छन् भने कसैले भाग्यको खोजीमा । कसैले स्टाइलका लागि, त कसैले आफ्नो अलग पहिचानका लागि । 

अमिताभ बच्चन


भारतीय चलचित्र उद्योग बलिउडका महानायक अमिताभ बच्चनले पनि आफ्नो नाम परिवर्तन गरेका थिए । बिग बीको असली नाम इन्क्लाब श्रीवास्तव हो । 

अमिताभका बाबु हरिवंश राय बच्चनले 'इन्क्लाब जिन्दावाद' वाला नाराबाट प्रभावित भएर अमिताभको नाम इन्क्लाब राखिदिएका थिए । पछि उनले आफ्नो नाम अमिताभ बनाएका थिए । 



सलमान खान


सलमान खानले पनि आफ्नो नाममा परिवर्तन गरेका छन् भन्दा धेरैलाई पत्यार लाग्दैन । तर, उनले पनि आफ्नो नाममा परिवर्तन गरेका छन् । 



सलमानको पूरा नाम अब्दुल रशिद सलिम सलमान खान हो । तर, उनले आफूलाई छोटो नाम सलमानबाट परिचित गराए । 

अक्षय कुमार
अक्षय कुमारले पनि आफ्नो नाम परिवर्तन गरेका हुन् । उनको असली नाम राजिव हरिओम भाटिया हो । उनले आफ्नो पहिलो फिल्ममा काम गर्ने समयमा निर्देशकको सल्लाहमा नाम परिवर्तन गरेका थिए । 

अजय देवगन​​
अजयले पनि आफ्नो नाम परिवर्तन गरेपछि चर्चा पाएका हुन् । उनको असली नाम विशाल विरु देवगन हो । 

शिल्पा शेट्टी


शिल्पा शेट्टीले पनि बलिउडमा आएर आफ्नो नाम परिवर्तन गरेकी छन् । उनको असली नाम अश्विनी शेट्टी हो । चलचित्रमा काम गर्ने समयमा उनकी आमाले ज्योतिषको सल्लाहअनुसार नाम परिवर्तन गरिदिएकी थिइन । 

सनी लियोनी


पोर्नस्टारको छविबाट भारतीय सिने नगरीमा आएकी सनी लियोनीको पनि असली नाम यो होइन । उनले पोर्न उद्योगमा काम गर्ने समयमा यो नाम राखेकी थिइन् । उनको असली नाम करणजित कौर बोहरा हो । 

यी स्टारहरुसँगै बलिउडमा धेरै कलाकारहरुले आफ्नो नाम परिवर्तन गरेसँगै ख्याती कमाएका छन् । जसमा टाइगर श्राफ, रेखा, तब्बु, चंकी पाण्डेलगायत रहेका छन् ।

  • प्रकाशित मिति : माघ २६, २०७७ साेमबार ११:५७:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया