प्रधानमन्त्रीका वकिलसँग प्रधानन्यायाधीश जंगिए, ‘भनेकै मान्‍नु हुन्‍न यार’

प्रतिनिधिसभा** विघटनविरुद्ध परेका रिट माथि माघ ५ गतेदेखि सर्वोच्च अदालतको संवैधानिक इजलास निरन्तर बहस जारी छ। रिट निवेदकातर्फबाट बहस सकिएर अहिले सरकारी पक्षले प्रतिरक्षा बहस गरिहेको छ। 

सोमबारको संवैधानिक इजलासमा  प्रधानमन्त्रीका निजी वकिलले ईश्वरी प्रसाद भट्टराईले सुरुमा बहस गरेका थिए। इजलासले १५ मिनेट समय दिएकोमा भट्टराईले ३० मिनेट लिए।

भट्टराई बोल्न थालेको करिब २५ मिनेटमा भट्टराईले राजनितिक दल सम्बन्धि ऐनमा टेकेर सरकार बन्न नसक्ने व्यवस्थाको जिकिर गर्न खोज्दै थिए।

‘राजनीतिक दलसम्बन्धी ऐनको श्रीमान् यति भन्न नपाउँदै चोलेन्द्र शमशेर जबराले ‘थप विषयको बहस नोटमा दिनुस् सक्नुस्’ भने।

जबराले त्यति भन्दा पनि भट्टराई भने रोकिएनन्,  ‘हैन श्रीमान’ भन्दै थिए। पुनः जबराले जवाफ दिए  ‘१५ मिनेटको समय दिएको ३० मिनेट भइसक्यो।’

यति भन्दा पनि अझै भट्टराई रोकिएनन्।  अझै आफ्नो दलिल पेस गर्न थाले। इजलासले भनेको समेत नटेरेपछि जबरा जँगिए।



जबरा  ‘नाई नाई नाई छोडिदिनुस्, बहस नोट दिनुहोस् अरु प्लिज।’

एउटा नजिर बाँकी रहेको भन्दै भट्टराई अड्डी कस्न थाले।



अनि प्रधान न्यायाधीश जबराले भने, ‘भनेकै मान्नु हुन्न यार, हाम्रो बाध्यतालाई बुझ्नु न।’

सच्याइएकाे** : यसअघि यही समाचारमा भूलवश अर्को समाचारकाे अंश पर्न गएकाले क्षमासहित सच्याइएकाे छ। -सम्पादक

  • प्रकाशित मिति : माघ २६, २०७७ साेमबार १२:४२:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया