कोरोनाबाट थप २ जनाको मृत्यु, १६० संक्रमित

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २०४७ पुगेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अध्यावधिक गरेको पछिल्लो विवरण अनुसार २४ घण्टामा देशभर १६० जनामा संक्रमण पुष्टि भएको छ । 

यससँगै नेपालमा हालसम्म कुल संक्रमितको संख्या २ लाख ७२  हजार २१५ पुगेको छ। 

पछिल्लो २४ घण्टामा १६५ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । कोरोनामुक्त हुने संक्रमितको संख्या २ लाख ६८ हजार ४३१ पुगेको छ। 

स्वास्थ्य मन्त्रालयका अनुसार अहिले देशभर सक्रिय संक्रमितको संख्या १७३७ छ। 





  • प्रकाशित मिति : माघ २७, २०७७ मंगलबार १६:३५:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया