‘बी’ डिभिजन लिगको खेल तालिका सार्वजनिक
फाइल तस्बिर

अखिल नेपाल फुटबल संघ (एन्फा) ले कोरोना भाइरसका कारण रोकिएको सहिद स्मारक ‘बी’ डिभिजन लिगको खेल तालिका सार्वजनिक गरेको छ । 

एन्फाले मंगलबार सार्वजनिक गरेको तालिका अनुसार लिग फागुन ११ देखि पुनः सञ्चालन हुनेछ । लिगका बाँकी सबै खेल सातदोबाटोस्थित एफा कम्प्लेक्समा हुनेछन् । 

पहिलो दिनमा दुई खेल हुनेछन् । पहिलो खेलमा मध्यपुर युथ एसोसिएसनले नयाँ बस्ती युवा क्लबको सामना गर्दा दोस्रो खेलमा पुलचोक स्टपोर्टस् क्लबले  खुमलटार युवा क्लबको सामना गर्नेछ । लिगको अन्तिम खेलमा फागुन २७ गते रानीपोखरी कर्नर टिम (आरसिटी) ले सातदोबाटो युवा क्लबको सामना गर्नेछ ।  

कोरोना महामारीका कारण गत वर्षको चैत ५ बाट रोकिएको लिगमा १२ टोलीको सहभागिता छ । लिग स्थगित हुनअघि सातदोबाटो युवा क्लब ६ खेलबाट १६ अंकका साथमा शीर्ष स्थानमा थियो ।





  • प्रकाशित मिति : माघ २७, २०७७ मंगलबार १९:१:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया