फेसबुक, युट्युब, अनलाइनको नियमनका लागि सामाजिक सञ्जाल निर्देशिका जारी गर्दै सरकार

सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले अनलाइन र सामाजिक सञ्जाल नियमन गरिने जानकारी दिएका छन् । पछिल्ला दिनमा सामाजिक सञ्जाल र अनलाइनमा स्वतन्त्रताको आडमा छाडा, उत्तेजित व्यक्तिकेन्द्रित, अदालत र राष्ट्रपति संस्थामाथि अभिव्यक्ति दिने गरिएको भन्दै त्यसमाथि नियमन गर्ने उनले बताए । 

मंगलबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गुरुङले स्वतन्त्रताको उपभोग गर्ने नाममा दर्ताविना चलेका फेसबुक, युट्युब अनलाइनको विकृति रोक्न छिट्टै सामाजिक सञ्जालसम्बन्धी निर्देशिका ०७७ जारी गर्ने तयारी गरिएको जानकारी दिए । 

यी माध्यमले लोकतान्त्रिक शासन पद्दतिलाई प्रहार गर्ने, हिंसा फैलाउने र मुलुकलाई मुठभेडतर्फ धकेल्ने गरेको उनको तर्क छ । 

तोकिएकै मितिमा निर्वाचन हुने

मन्त्री गुरुङले तोकिएकै मितिमा निर्वाचन हुने बताएका छन् । तोकिएकै मितिमा निर्वाचन गर्नको निम्ति सुरक्षा परिषदको बैठकले निर्णय गरेको प्रस्तावलाई मन्त्रिपरिषदले पारित गरिसकेको उनको भनाइ छ । 

प्रधानमन्त्री ओलीले निर्वाचनको वातावरण बनाउन सरकार तयार रहेको भन्दै अलमलमा नपर्न निर्वाचन आयोगलाई पनि अनुरोध गरिसकेको अवस्थामा निर्धारित मितिमै निर्वाचन हुने उनले बताए । 



ओली नेतृत्वको समूह आधिकारिक

मन्त्री गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी(नेकपा) नै आधिकारीक भएको दाबी गरे । प्रचण्ड–माधव पक्षले दाबी गर्ने हदम्याद सकिइसकेपछि निर्वाचन आयोगको कानुन, नीति, नियमलाई नबुझीकन दाबी गरेको उाको भनाइ छ । 



निर्वाचन आयोगले मध्यावधि निर्वाचनको घोषणा गर्ने प्रधानमन्त्री तथा संसदीय दलको नेता केपी शर्मा ओलीलाई मात्रै चिनेको भन्दै उनले निर्वाचन आयोगको निर्णयमा विश्वास रहेको बताए । ओली नेतृत्वको पार्टी नै आधिकारीक पार्टी हो भन्ने सबैले बुझ्नुपर्ने उनको भनाइ छ ।

  • प्रकाशित मिति : माघ २७, २०७७ मंगलबार १९:१६:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया