स्पेनिस महारथी रियल मड्रिड ला लिगा फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । गएरातिको खेलमा गेटाफेलाई २–० गोल अन्तरले पन्छाउँदै मड्रिड दोस्रो स्थानमा उक्लिएको हो ।
कुल २२ खेल खेलेको मड्रिड ४६ अंकका साथ दोस्रो स्थान रहेको छ । रियलले भन्दा २ खेल कम खेलेको एट्लेटिको मड्रिड ५१ अंकका साथ शीर्ष स्थानमा छ । तेस्रो स्थानमा रहेको बार्सिलोनाको भने ४३ अंक रहेको छ ।
घरेलु मैदानमा रियलका करिम बेन्जिमाले ६०औँ मिनेटमा हेड गोलमार्फत घरेलु टोलीलाई अग्रता दिलाएका थिए । डिफेण्डर फरल्याण्ड मेन्डीले त्यसको ६६ औँ मिनेटमा अर्को गोल थपेपछि रियलले सहज जित पारेको थियो ।
उक्त खेलमा रियलको शीर्ष खेलाडहरु मैदान बाहिर रहेका थिए । गेटाफेविरुद्धको खेलमा इडेन हाजार्ड, फेडेरिको भाल्भर्डे, टोनी क्रुस, अल्भारो ओडजियोजाला, कप्तान सर्जियो रामोस मैदानबाहिर रहेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।