रामकुमारी झाँक्रीको टिप्पणी : राष्ट्रपति खलपात्र, प्रधानमन्त्रीको कोठे 'एसिस्टेन्ट'

नेकपा दाहाल-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रधानमन्त्रीको एसिस्टेन्टको संज्ञा दिएकी छन्। राजधानीमा बुधबार दाहाल-नेपाल नेकपाले गरेको कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो भनेकी हुन्। 

'हामीलाई बोल्न पाइँदैन भन्ने कार्यकारी प्रधानमन्त्रीको कोठाको एउटा एसिस्टेन्ट जस्तै भएकी छन् राष्ट्रपति। सरकारले सही गलत जे गरे पनि स्वीकार गरेर निरंकुशता लाद्नेविरुद्ध हामी बोलिरहन्छौँ', उनले भनिन्, 'राष्ट्रपति पद हाम्रो बलिदानीले पाएको हो। त्यो संस्थानमा निर्वाचनबाट गएर निरंकुशताको साक्षी बन्छन् भने किन बोल्न पाइँदैन?'

राष्ट्रपतिलाई उनले एउटा खलपात्रको संज्ञा दिएकी छन्। 'एउटा खलपत्रविरुद्ध बोल्दै गर्दा कसले महिला अस्मिता मिच्यो भन्छ?', उनले भनिन्, 'निर्मला पन्तहरु भागरथी भट्टहरु जस्तै बलात्कृत भएकाहरुबारेमा हामीले बोल्न पाइन्छ।' 

सन्की प्रधानमन्त्रीको समर्थन गर्ने राष्ट्रपतिविरुद्ध बोल्दा महिलाको अस्मितामाथि प्रश्न नउठ्ने उनले बताइन्। 'राष्ट्रपति पद एउटा संस्था हो। कुनै पदमा कोही पुग्दैमा उसबारे बोल्दा त्यहाँ लिङ्ग जोडिँदैन, त्यसैले बोल्न पाइन्छ', उनले भनिन्, 
'१८ वर्षसम्म विद्या भण्डारीले प्राइभेट कम्पनी बनाएको अनेमसंघले मैले बोल्दा गृहमन्त्रीलाई गुहारेछ। उनीहरुले दिनदिनै बलात्कृत भइरहेका किशोरी र महिलाबारे बोलुन्।'

उनले आजको सभाले संसद पुन:स्थापना नहुने कुरै नभएको जिकिर गरिन्। 'खड्गप्रसाद ओली संस्कृति र प्रवृत्ति हो। यो लडाइँ केपी ओलीविरुद्ध होइन', उनले भनिन्, 'यो लडाइँ हामीले जितिसकेका छौँ, जित्ने नजिक छौँ।





  • प्रकाशित मिति : माघ २८, २०७७ बुधबार १४:४२:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया