भागरथी भट्टको हत्यारा पत्ता लगाउन माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका– ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यारा पत्ता लगाउन माग राख्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाइएको छ । भागरथी भट्टको न्यायका लागि गठित सङ्घर्ष समिति र स्थानीय बासिन्दाले बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीमार्फत आज प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाएका हुन् ।  

घटना भएको एक हप्ता भइसक्दासमेत हत्यारा सार्वजनिक नगरिनुले आशङ्का पैदा भएको र यथाशीघ्र हत्यारा पत्ता लगाई सार्वजनिक गर्न माग गरिएको छ । घटनासम्बन्धी विवरण सार्वजनिक गर्न र हत्यारालाई कारबाहीको दायरामा ल्याउन माग गर्दै ज्ञापनपत्र बुझाइएको स्थानीयवासी भोजराज जोशीले जानकारी दिए। 

कञ्चनपुरकी निर्मला पन्तको जस्तै अनुसन्धान फितलो नहोस् भनेर समयमै सरकारलाई जानकारी गराएको सङ्घर्ष समितिले जनाएको छ । दोषीलाई पत्ता लगाई यथाशीघ्र सार्वजनिक नगरिए आफूहरु जस्तोसुकै आन्दोलनमा उत्रिने चेतावनीसमेत समितिले दिएको छ ।





  • प्रकाशित मिति : माघ २८, २०७७ बुधबार २१:५:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया