आइभोरी कोष्टका युवा आइकन अमाद डियालोलाई ४२ हजार पाउन्ड जरिवाना लागेको छ । केही समय अगाडि मात्रै इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा अनुबन्ध भएका डियालोलाई ४२ हजार पाउन्ड जरिवाना लागेका हो ।
डियालो ३७ मिलियन पाउन्डमा एटलान्टाबाट युनाइेटडमा अनुबन्ध भएका थिए । युनाइेटडबाट उनले पहिलो खेल मंगलबार राति एफ ए कप अन्तर्गत वेष्टह्यामविरुद्ध खेलेका थिए ।
डियालोलाई आइभोरी कोष्टबाट यूरोप सर्नका लागि जाली प्रमाण पेश गरेको भन्दै इटली सरकारले जरिवाना लगाएको हो । इटालियन फुटबलको आधिकारिक निकायले १८ वर्षीय अमाद र उनका दाइ हामेदलाई जरिवाना लगाएको हो ।
डियालोका दाइ हामेदले सिरी ए टिम सासोउलोबाट व्यवसायिक फुटबल खेल्दै आएका छन् । सन् २०१५ मा बोका बार्को र त्यसपछि एटलान्टामा अनुबन्ध हुँदा उनीहरुले जाली डकुमेन्ट पेस गरेको बताइएको छ ।
डियालोको असली नाम अर्कै रहेको र हामेद उनको दाइपनि नभएको आशंका गरिएको छ । उनले १८औँ जन्मदिनपछि ट्राओरेबाट डियालो भनेर थर परिवर्तन गरेको बताइएको छ । जुन गत सेप्टेम्बरमा मात्र गरेको भनिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।