झाँक्रीलाई पक्राउ गर्न घरमै पुग्यो प्रहरी
फाइल तस्बिर

सत्तारुढ नेकपाको प्रचण्ड-माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरीको अपराध महाशाखाको टोली शंखमुलस्थित उनको घरमा पुगेको छ ।

महाशाखाले सोधपुछका लागि झाँक्रीलाई आज कार्यालयमा बोलाएको थियो । राष्ट्रपतिविरुद्ध दिएको अभिव्यक्तिका विषयमा सोधपुछका लागि बोलाउँदा उपस्थित नभएपछि उनलाई पक्राउ गर्न प्रहरी घरमै पुगेको हो । 

झाँक्रीले गोरखामा भएको विरोध सभामा राष्ट्रपतिमाथि आँच आउने गरी अभिव्यक्ति दिएकी थिइन् । सोही विषयमा सोधपुछका लागि आफैं उपस्थित नभएपछि महाशाखाको चार जनाको टोली झाँक्रीलाई लिन उनको घर पुगेको हो ।





  • प्रकाशित मिति : माघ २९, २०७७ बिहीबार ११:२७:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया