नेकपा दाहाल-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न गएका अपराध महाशाखाका प्रहरीमाथि कुटपिट भएको छ। रामकुमारीको शंखमुलस्थित घरमा सादा पोसाकमा पुगेका प्रहरीमाथि उनका समर्थकले आक्रमण गरेका हुन्।
महाशाखाका अनुसार प्रहरी निरीक्षक दिनेश गौतममाथि कुटपिट गएको हो। गौतममाथि रामकुमारीको घरमा जम्मा भएको भिडले मुक्का हानेको हो। मुक्का लागेर गौतमको नाक र अनुहारमा चोट लागेको छ।
प्रहरीमाथि कुटपिट भएपछि अहिले रामकुमारीको घर क्षेत्रमा ठूलो संख्यामा प्रहरी बल तैनाथ गरिएको छ। त्यहाँ अहिले रामकुमारीको समर्थनमा चर्को नाराबाजी भइरहेको छ। नाराबाजीमा संलग्नले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध नारा लगाएका छन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।