राज्यविरुद्धको कसुरमा पक्राउ परिन् रामकुमारी झाँक्री

राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध कडा अभिव्यक्ति दिएकी नेकपा दाहाल-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ।

बुधबार दाहाल-नेपाल नेकपाको कार्यक्रममा दबंग शैलीमा प्रस्तुत भएकी उनलाई पक्राउ गर्न अपराध महाशाखाको टोली बिहीबार बिहान शंखमुलस्थित निवासमा पुगेको थियो। उनलाई राज्यविरुद्धको कसुरको दफा ५८ अनुसार पक्राउ पुर्जी दिएर महानगरीय अपराध महाशाखाको टोलीले नियन्त्रणमा लिएको हो। 

निवासमा सादा पोसाकका चारजना प्रहरी पुगेर उनलाई पक्राउ गर्न खोजेका थिए। तर उनको निवासमा ठूलो संख्यामा पत्रकारहरूसँगै समर्थक पनि पुगेका थिए। त्यसपछि सादा पोसाकको प्रहरी त्यहाँबाट पछि हटेको थियो। अहिले ठूलो संख्यामा प्रहरी पठाएर उनलाई पक्राउ गरिएको हो। 

त्यसक्रममा रामकुमारीका समर्थकले अपराध महाशाखाका इन्सपेक्टर दिनेश गौतमलाई कुटपिट पनि गरेका छन्। अहिले रामकुमारीका ठूलो संख्यामा समर्थक उनको निवास परिसरमा पुगेका थिए।

जहाँ नेपाल प्रहरीको पनि ठूलो संख्याको टोली तैनाथ गरिएको छ। अहिले त्यहाँ रामकुमारीको पक्षमा चर्का नाराबाजी भइरहेका छन्। प्रदर्शनकारीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आपत्तजिनक शब्दसहित नाराबाजी गरिरहेका छन्। 





 

  • प्रकाशित मिति : माघ २९, २०७७ बिहीबार १३:७:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया