काठमाडौं : नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृ रामकुमारी झाँक्रीको गिरफ्तारी मगर समुदाय र उत्पीडित वर्गमाथिकै हमला भएको बताएका छन् ।
आदिवासी जनजाति मगर संघको राष्ट्रिय भेलालाई काठमाडौंमा सम्बोधनका क्रममा प्रचण्डले तानाशाहको बाटोमा रहेको केपी ओली सरकारले आदिवासी-उत्पीडित समुदायमाथि हमला गर्ने योजना अनुसार झाँक्रीलाई पक्राउ गरेको बताएका हुन् ।
'रामकुमारी झाँक्रीलाई हिजैदेखि समात्न खोजेको थियो। प्रधानमन्त्रीको ठाडो आदेशमा पक्राउ गर्न बल गरेको रहेछ', उनले भने, 'रामकुमारीलाई पक्राउ गरेर लगेका छन्। मगर नेता र हाम्रा कम्युनिष्ट पार्टीका लागि पनि यो चुनौती भएको छ।'
झाँक्रीलाई बिहीबार मध्यान्ह शंखखुलस्थित निवासबाटै महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ। उनलाई त्यहाँ एसएसपी दीपक थापासहितले सोधपुछ गरिरहेका छन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।